श्रावण २० , रुपन्देही । आफ्नै शरीरमा मट्टितेल छर्केर आगो लगाएका युवकको मृत्यु भएको छ । बुधबार रुपन्देहीको देवदहमा क्वारेनटाइनमा काम गर्दै आएका देवदह –५ का २४ बर्षिय विपिन बस्यालले आफ्नै शरीरमा आगो लगाएका थिए । देवदह–७ शित्तलनगर मगर संघ भवनमा रहेको क्वारेनटाइनमा हेरालुको रुपमा काम गर्दै आएका बस्यालले मंगलबार विहान ३ बजेतिर आफ्नै शरीरमा आगो लगाएका हुन ।
उनको देवदह मेडिकल कले भलुहीमा गम्भिर अवस्थामा उपचार भइरहेको थियो । उपचारकै क्रममा विहान ९ बजे उनको मृत्यु भएको उपचारमा संङ्लग्न चिकित्सकहरुले जानकारी दिएका छन । आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो ।