• २०८१ पुष २९ गते सोमवार

बाँकेमा थप निषेधाज्ञा बढाउने तयारीमा जिल्ला प्रशासन

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,बाँके।बाँकेमा निषेधाज्ञा आज सकिदै गर्दा थप्ने कि हटाउने भन्नेबारेमा अधिकारीहरुले निर्णय गर्दैछन् ।दिउँसो एक बजे जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ । त्यो बैठकले निषेधाज्ञा हटाउने कि थप्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।‘म त केही दिन बढाउने पक्षमा छु । हेरौं, बैठकले के निर्णय गर्छ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सुनपानीसँग भन्नुभयो, ढाईरतीन बजेसम्म निर्णय आउँला ।’

५ दिनमा ६२ जना कोरोना संक्रमित थपिएपछि केही दिन निषेधाज्ञा बढाएर जाने कि भन्नेबारेमा अधिकारीहरु छलफलमा छन् । एकथरी चाहि निषेधाज्ञा थप्नु भन्दा कोरोना देखिएका ठाउँलाई सील गरेर अघि बढ्नु पर्ने पक्षमा छन् । कोर एरियालाई सील गरेर अघि बढ्ने विषयमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले सम्बन्धित वडाका अध्यक्षहरुसँग छलफल गरिसक्नु भएको छ ।प्रधानमन्त्रीले समेत विज्ञहरु बोलाएर फेरि लकडाउन गर्ने कि भनेर छलफल थाल्दा समुदायस्तरमा कोरोना देखिएको बाँकेमा निषेधाज्ञा बढेमा आश्चार्य मान्नु नपर्ला ।

प्रतिक्रिया दिनुहोस