• २०८१ जेष्ठ ३० गते बुधवार

बाँके प्रहरीले विभिन्न सरकारी कार्यालयहरुमा बम विष्फोट गर्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २०, बांंके । विगतमा मालपोत भूमि सुधार लगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् ।उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् ।

केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ चैत्र ६ गते साविक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको घटनामा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । २०६८ मंसीर १४ गते भूमि सुधार कार्यालय, बाँकेमा बम विष्फोट गराएको आरोपमा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो ।

यही दिन मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा जिल्ला अदालतले ६ महिना र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । फरार रहेका राढलाई बाँके प्रहरीले अहिले पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत राढ पक्राउ परेका छन् । यस्तै प्रहरीले २०७४ कात्तिक १६ गते जोगीडाँडामा करणी प्रयास गरेको मुद्दामा फरार गोविन्द श्रीपालीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस