• २०८१ पुष २९ गते सोमवार

प्रद्युम्‍न कुमार कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २०,काठमाडौँ । नेपाल सरकार,मन्त्रिपरिषदको मिति २०७७ साउन १२ गतेको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्‍नती हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्‍न कुमार कार्कीज्यूले मिति २०७७ साउन १९ गतेबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्नु भएको छ । कार्यकारी निर्देशकज्यूले प्रतिष्‍ठान परिसरमा वृक्षारोपण गर्नुका साथै प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्‍नती हुनु भएका प्रतिष्ठानमा बाह्य प्रशिक्षकको रुपमा कार्यरत प्र।ह। महेन्द्र खत्रीलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुभएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्‍न कुमार कार्कीज्यूले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्नु हुँदै ।

प्रतिक्रिया दिनुहोस