असार २०, बाजुरा । चट्याङ लागेर गम्भीर घा’इतेको उद्दारका लागि आएको हेलिकप्टर अवतरण हुन नसकेपछी फिर्ता भएको छ । बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको कालापाटन भन्ने ठाउँ स्थित भैसीखर्कमा गएराति परेको चट्याङ लागेर गम्भीर घाइते भएका ५५ बर्षका सौरे बोहराको बाजुरामा उपचार सम्भव नभएपछि उद्धार गर्न आएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा नेपाल सरकार गृहमन्त्रालयको सहयोगमा उदार गर्न आएको नेपाली सेनाको हेलिकप्टर मौसम प्रतिकुलताका कारण उक्त स्थानमा अवतरण गर्न नसकेका कारण हेलिकप्टर फेर्ता भएको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्ठले बताउनु भएको छ। हेलिकप्टर भोलि पुनःउद्दारका लागि आउने प्रमुख जिल्ला अधिकारी कृष्ण गरेले जानकारी दिनुभएको छ। चट्याङ लागेर ८ बर्षका बालक दिपेश बोहराको मृ’त्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।