• २०८१ पुष २९ गते सोमवार

नेकपाका युवा नेताहरुद्धारा दबाब स्वरुप धर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २०, काठमाडौं । नेकपामा शक्ति सन्तुलन उत्कर्षमा पुगेको बेला पार्टीलाई टुटफुटबाट जोगाउनु नेकपाका केन्द्रिय सदस्यहरु भोलिबाट झन चर्को दबाबमुलक धर्नामा बस्ने भएका छन । नेकपाका प्रभावसालि युवा नेता हिमाल शर्माले भोलिबाट पार्टी नफुटोस भनेर अग्रज नेताहरुलाइ दबाब स्वरुप धर्नामा बस्न लागिएको बताउनु भयो ।

केही केन्द्रिय सदस्यहरु हिजो पनि पार्टी कार्यालय अगाडि धर्नामा बसेको र आज पनि हुने स्थायी कमिटीको बैठक स्थगित भएकोले अब भोलिबाट अझ थप दबाब सिर्जना गर्ने नेता शर्माले बताउनु भयो । पार्टी एकता बचाइ राख्न कुनै पनि नेताले गर्नुपर्ने सम्पुर्ण त्याग गर्न तयार हुनु पर्ने, पार्टीले जे निर्णय गर्छ अध्यक्ष देखि पार्टी सदस्यसम्म सबैले मान्नु पर्नेमा उहाँले जोड दिनु भयो । एकतामा आउदै गर्दाको बाटो भत्काइ सकेको हुनाले अब पछाडि फर्कने छुट कसैलाई नभएको र बैठकबाटै सबै समस्याको हल हुने भएकोले बैठकबाट कोहि पनि नभाग्न उहाले अनुरोध गर्नु भयो ।

यदि सचिवालय र स्थायी कमिटिले समस्या हल गर्न नसके केन्द्रिय कमिटीलाई निकाश निकाल्ने जिम्मा दिनु पर्ने नेता शर्माले बताउनु भयो । तमाम १५० केन्द्रिय सदस्यले छलफल र बहसबाट निकास निकाल्ने उनले ठोकुवा गरे । आम कार्यकर्ताको मनोबिज्ञान केन्द्रिय नेताले अध्यक्षहरुलाई बताउने र पार्टीको निर्णय नै सर्वेसर्वा हुने नेता शर्माले बताउनु भयो । यदि नेतृत्वले पार्टी चलाउन नसके दोस्रो पुस्तालाई पुस्तान्तरण गर्नु पर्ने र दोश्रो पुस्ता तयार रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस