असार २०, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार दिउँसो राप्तीसोनारी गाउँपालिका कुसुमबाट पाटे बाघको छाला र हड्डीसहित एकजनालाई प’क्राउ गरेको छ ।
शनिबार दिउँसो ४ बजे ५ न. प्रदेश प्रहरी ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षिय नवराज घर्तिमगरलाई पाटे बाघको छाला र हड्डीसहित प’क्राउ गरेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
प्रहरीले घर्तीमगरले आफ्नै घरको मकै बारीमा लुकाई छिपाई राखेको टाटेपाटे बाघको छाला र हड्डिसमेत बरा’मद गरेको छ । उनलाई बाघको छाला र हड्डि सहित नि’यन्त्रणमा लिई आवस्यक थप अनुसन्धान गरीरहेको बाँके एसपी रानाले बताए ।