• २०८१ बैशाख ६ गते बिहिवार

प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुईको मृत्यु

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २०, प्यूठान । अर्घाखाचिको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागी चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दु’र्घटनामा परेको हो। दु’र्घटनामा सो टिपरका चालक र सहचालक दुबैजनाको घ’टनास्थलमै ज्या’न गए’को जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जनाए ।

डिएसपी कार्कीका अनुसार टिपर प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गत सरुमारानी – ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा ख’सेको हो। मु’त्यु हुनेमा टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का झोग बहादुर पुन रहेका छन । उनिहरुको घट’नास्थलमा मृ’त्यु भएको हो । घ’टनाका बारेमा थप अ’नुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस