असार २०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ४९१ पुगेको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक(एक पुरुषको मृ’त्यु भएको छ ।
रुपन्देहीको देबदहका ७५ वर्षीय पुरुष र गोरखाको पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुषको कोरोनाका कारण मृ’त्यु भएको होे । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३४ पुगेको छ ।