• २०८१ माघ ११ गते शुक्रवार

सुनिलस्मृतिले अति आवश्यक १ सय ५० घरमा जस्तापाता लगाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले तत्काल गाउँपालिका भित्र रहेका अति विपन्न १५० घरधुरीमा जस्तापाता लगाउने भएको छ । घर निर्माण कार्य सम्पन्न भएको अथवा घर चुहिएर बस्न नमिल्ने त्यस्ता घरधुरीहरुलाई प्रत्येक वडाबाट सिफारिस भई आएका १५/१५ घरधुरी र केहि गाउँपालिकाबाट गरि तत्कालका लागि १५० घरधुरी जस्तापाता लगाउने कार्य सुरुगरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो ।

१ सय ५० घरधुरीलाई वितरण गरि बाँकी रहेको जस्तापाता र आ.व. २०७७÷०७८ का लागि फुसको छानो विस्तापन कार्यक्रमका लागि विनियोति बजेटबाट खरिद गरि एकमुष्ट असोज महिनामा गाउँपालिका भरि वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । अध्यक्ष घर्तीका अनुसार तत्काल आवश्यक भन्दा अन्य व्यक्तिलाई दिइयो भने असुरक्षित रुपमा राख्ने र जस्तापाता खिया लाग्ने जस्ता समस्या देखिएकोले असोजमा वितरण गरि दशै तिहार जस्ता चाडपर्वमा नयाँ घरमा बस्ने गाउँवासिहरुको लक्ष्यलाई पुरा गर्नका लागि असोजमा वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस