असार २०, काठमाडौँ । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा गोरखाका ५ जना र कास्कीका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा गोरखा शहिद लखनका १ जना पुरूष र पालुङटारका ३ जना पुरूष र १ जना महिला रहेका छन । यस्तै कास्की पोखरा महानगरपालिकाका ४ जना पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । उनिहरू सबैलाइ सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट एक जनाको मृ’त्यु समेत भएको छ । पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको मृ’त्यु भएको हो । उनको श;व व्यवस्थापनको तयारी भईरहेको मन्त्रालयले जनाएको छ ।