• २०८१ जेष्ठ १० गते बिहिवार

आईतवार बाट सिता एअरले मुगुमा उडान भर्ने

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार २०, मुग । हिमाली जिल्ला मुगुमा आईतवार बाट सिता एअरले उडान भर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोनाभाईरस कोभिड १९ ले विश्व नै आक्रान्त भईरहेको बेला र नेपाल सरकारले लकडाउन अर्थात बन्दाबन्दिका कारणले लामो समय देखि काठमाण्डौ, नेपालगञ्ज र सुर्खेत लगायत विभिन्न ठाउमा समस्यामा परेका मुगालीहरुको पिडा मध्ये नजर गर्दे प्रतिनिधि सभाका सदस्य गोपालबहादुर बम र देबिकृष्ण रोकायाको पहलमा सिता एअर र रारा एड्भेन्चर ट्राभल्सको सहकार्यमा मुगुका लागि आईतवारबाट हवाई उडान भर्ने जानकारी गराए ।

उक्त उडानमा अध्यननको लागि जिल्ला भन्दा बाहिर गएका विद्यार्थि, विरामी, अपांग, महिला, ज्याला मजदुरीको लागि बाहिरएका नागरिकको लागि यो उडान भर्ने निर्णय भएको प्रतिनिधि सभाका सदस्य बमले जानकारी दिए । बन्दाबन्दीका बिच सरकारले चैत ११ थते बाट लकडाउन गरेपछि त्यस यता कुनै हवाईले उडान गरेका छैनन ।

काठमाण्डौं, नेपालगञ्ज र सुर्खेतबाट गृह जिल्ला भित्रिने यात्रुहरुलाई आवश्यकता अनुसार चार्टर उडान हुने रारा एड्भेन्चर प्रा.लीका संचालक देबिकृष्ण रोकायाले टेलिफोन मार्फत जानकारी दिए । काठमाण्डौंबाट नेपालगञ्जमा जिप वा हाईस र नेपालगञ्जबाट प्लेनमा मुगु उडान गर्ने रोकायाले वताए । हवाई यात्रा गर्ने यात्रुहरुले पि.सि.आर. वा आर.डि.टि. परिक्षण अनिवार्य रुपमा गरिने छ । परिक्षणका लागी काठमाण्डौंको शुक्रराज टर्फिकल अस्पताल टेकुमा र नेपालगञ्जको भेरी अस्पतालमा परिक्षण गर्ने व्यवस्था मिलाईएको छ । हवाई भोली मध्यान्न १२ बजे बाट उडान सञ्चालनहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस