• २०८१ जेष्ठ ३० गते बुधवार

दाङ देउखुरी जिल्ला अदालतद्वारा ३ महिनामा ६१ वटा मुद्धाहरु फैसला

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार २०, दाङ । देउखुरी जिल्ला अदालतले लकडाउनको अबधिमा ६१ वटा मुद्धा र्फछ्यौट गरेको जनाएको छ । अदालत प्रशासनले पत्रकारहरुसंग छलफल गर्दै करिब तीन महिनाको अबधिमा ६१ वटा मुद्धा र्फछ्यौट गरेको जनाएको हो ।

अदालतले भिडियो कन्फ्रेन्स मार्फत् २९ र ३२ वटा मुद्धा अदालतमा सहभागी भएर र्फछ्यौट गरेको अदालतका न्यायधीश रितेन्द्र थापाले जानकारी दिनुभएको छ । यसअबिधमा अदालतले ७ वटा मुद्धाको स’जाय निर्धारण गरेको छ । लकडाउनको समयमा सबै क्षेत्र ठप्प रहेको अबस्थामा अदालतले कार्य सञ्चालनलाई निरन्तरता दिएको छ । यस्तै लकडाउनको समयमा अदालतले ८३ वटा म्याद थप अनुमति तथा २ वटा म्याद थप अस्वीकार गरेको छ । त्यस्तै ५ जनालाई कैद बाफतको रकम राख्न दिएको, ६ जनालाई बाल सुधार मार्फत अभिभावकको जिम्मा लगाएको, ८ जनालाई उमेर अनुसारको कैद पुर्जी संशोधन गरेको र २ जनालाई जेष्ठ नागरिक अवधि घटाउने कार्य गरेको न्यायधीश थापाले जानकारी दिनुभएको छ ।

अदालतले ज्या’न कसुरका १७, क’रणीका १४, सवारी क’सुर ४, बन सम्बन्धी कसुर ९, बाल बिबाह सम्बन्धी ३, ला’गुऔषध २, गौ’वध २, नागरिकताको १, ठ’गीको २, अप’मानको १, ग’र्भपतनको १, हा’तहतियारको १ र सरकारबादी ६३ तथा दुनियाबादी ८ मु’द्धा हेरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस