असार २०, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्नअनुसार रहेका छन ।
१.राष्ट्रिय पहिचान संरक्षण संयक्त संघर्ष समितिले गरिब किसानको गाँस खोस्न पाइदैन भनि खोकना बचाउनका लागि विरोध कार्यक्रम गर्ने ।
स्थान:-खुदोल फाँट खोकना,ललितपुर ।
समय:-१०:०० बजे ।
२.नेपाली काङ्ग्रेसका नेता ऋषिकेश जङ्ग शाह लगायतका ब्यक्तिहरूको उपस्थितिमा गोरक्ष एबंम धार्मिक प्रबचन कार्यक्रम हुने ।
स्थान :- मिर्गस्थली पशुपति ।
समय -१०:०० बजे होम १३:०० बजे प्रवचन ।
३.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-११:०० बजे ।
४.Covid 19 Enough is Enough group मा आबद्ध स्वतन्त्र युवाहरूले कोभिड १९ को सबल व्यवस्थापन र नागरिहरूको जिवन रक्षाको लिखित प्रतिवद्धता नआएसम्म खवदारी कार्यक्रम गर्ने ।
स्थान:-धुम्वाराही चोक ।
समय:-१६:०० बजे देखि १८:०० बजे सम्म ।
५.नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले MCC को बिरोधमा बिरोध जुलुस सहितको कोण सभामा कार्यक्रम गर्ने ।
स्थान:-टोखा ।
समय:- नखुलेको ।
६.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा बिज्ञ र ट्रेड युनियनहरू विच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।
७.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।