असार २०, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वाअनुमान शाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ। जसका प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही सुदुर पश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भईरहेको छ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ मा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेकाले ती प्रदेशहरूमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।