बैशाख २२, मुगु । हिमाली जिल्ला मुगुमा पनि कोरोना भाईरस कोभिड १९ को संक्रमण भेटिएको छ । जिल्लाको परिश्च क्षेत्रमा पर्ने खत्याड गाँउपालिका ५ हलेखाडामा रहेको क्वारेन्टाइनमा रहेका एक २७ वर्षीय युवकमा कारोना भाइरसको संक्रमण पोजिटिभ देखिएको हो । छिमेकि जिल्ला भारत बाट स्वदेश फर्केका ति व्यक्तिमा कोरोना भाईरस संक्रमण भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
भारतबाट आएका खत्याडबासीलाई खत्याड गाँउपालिकाले सोही गाँउपालिकाको हलेखाडा, छोट र झुगलामा क्वारेन्टाइन स्थापन गरिरहेको छ । कोरोना संक्रमित युवासहित अन्य ४७ जना भारतबाट आएका थिए । ४८ जानलाई हलेखाडा क्वारेन्टाइनमा राखिएको थियो । भारत बाट आएका ४८ जनाको स्वाव संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको थियो । ति ४८ जनाको स्वाव परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीले जानकारी दिए ।
कोरोना संक्रमित युवालाई बिहीबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन वार्डमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकले बताएका छन् । जिल्लामा रहेका चारवटा स्थानीय तहमध्ये सबैभन्दा बढी भारतबाट गृह जिल्ला भित्रिने सोही गाउँपालिकाका रहेको छ । गाउपालिकामा भारत बाट नागरिकहरु भित्रिन थालेपछि यहाका सरोकारवालाले यो गाउँपालिका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।
संक्रमित रहेको क्वारेन्टाइनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडीटी परीक्षण गरेर मात्र घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । यता जुम्लामा पीसीआर परीक्षणका लागि लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाब संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए ।
https://khabar24nepal.com/2020/06/04/35406