• २०८१ साउन ८ गते मङ्गलवार

अमेरिकामा कोरोना संक्रमित संख्या १९ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २२, काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १९ लाख १ हजार ७८३ पुगेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा बिहीबार बिहानसम्म कुल संक्रमित संख्या १९ लाख १ हजार ७८३ पुगेको छ । बुधबार एकै दिन मात्र त्यहाँ २० हजार ५७८ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार एक दिनमा मात्रै अमेरिकामा ४२ हजार ६९६ संक्रमित निको भएको तथ्यांक वर्ल्डोमिटर्सले देखाएको छ । यस सँगै अमेरिकामा अहिलेसम्म कुल संक्रमितमध्ये ६ लाख ८८ हजार ६७० जना पूर्ण रूपमा निको भइसकेका छन् । ११ लाख ३ हजारभन्दा बढीमा चाहिँ अझै कोरोना भाइरस सक्रिय रहेको छ, जसमध्ये १६ हजार ९३९ को अवस्था गम्भीर रहेको जनाइएको छ ।

तर अमेरिकामा हालसम्म १ लाख ९ हजार १४२ जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । बुधबार मात्रै १ हजार ८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस