• २०८२ जेष्ठ ३ गते शुक्रवार

आजको मौसम केहि स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षा, ऊच्च हिमाली भेगका हिमपातको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानिय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको “निसर्ग” चक्रवातको प्रभाव रहेको छ। जसले गर्दा हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश बाहेक बाँकि प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। सुदुर पश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सातै ऊच्च हिमाली भेगका केहि स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस