बैशाख २२, बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबल शम्शेर राणाले काेरेना भाइरसका कारण नेपालगञ्ज संकटमा रहेकाे समयमा धार्मिक र सामाजिक सद्भाव अझ प्रगाढ बनाउन र कुनै पनि अफवाह र हल्लाकाे पछि नलागी राज्यकाे निकायलाई सहयाेग गर्न सबैलाई अनुराेध गरेका छन । प्रेस विज्ञप्ती जारी गर्दै उनले संक्रमण भएकाे क्षेत्रमा बढि भन्दा बढि परिक्षाणका लागि उपमहानगरपालिका प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिरहेकाे पनि बताए ।
उनले सबैलाई सचेत भइ आफ्नै घर मै सुरक्षित बसिदिन पनि अनुराेध गरेका छन ।
प्रेस विज्ञप्ती