• २०८२ जेष्ठ १ गते बुधवार

अझअझ रोइरहेको नेपाली मन

सरोजदिलु पढ्न लाग्ने समय : १ मिनेट

सडकमा, चुल्होचौकामा
खेतमा, खल्यानमा, आँगनमा, अरवी आगोमा
मानिसहरु एकोहोरो रोइरहेका छन्
अझअझ भक्कानिइरहेका छन् ।
पेट कसेर भोकले नुनिना आसु पिउँदै
बलात्कारको पीडा सहन सकेर
वेरोजगारीको भुँग्रोमा जलेर
फेसवुकमा गुनासो पोख्छस्? फसेर
मरिरहेका छन् युवाहरु ।
स्वास फेर्नै गाह्रो, कोरोनाको कहरभन्दा
लकडाउनमा गाँस नपाएर ।
नेपाली मन मेरो नेपालकै थियो
तर पलपल मरिरहेको छ मरिरहेकै छ ।।

ओल्लो र पल्लो घरमा
वारी र पारी गाउंमा
जातजातमा, दिन र रातमा
मान्छे र मान्छेमा एकता टुटेको छ
सिंहदरवारलाई हेर्दा मन फाटेको छ
जताततै सरकारी वुट् बर्सेको छ ।
गोली वारुद्ध पड्किएकै छ,
स्वतन्त्रता खुम्चिएको छ, शान्ति टुटेको छ,
क्रान्तिले बाटो बिर्सेको छ ।।

लामो वलिदानीले श्रृजेको गणतन्त्र
रगतले लेखिएको मेरो संविधान
संविधानभित्रको मेरो सार्वभौमता
सवै खोसिएको छ, न्याय मरेको छ,
जताततै असमानता मौलाउन थालेको छ ।
झूठो आस्वासन, खोक्रो भाषण, रुखो शासनमा
चमरघन्टी बजाउदै र शंखनाद् फुक्दै
वरीपरी घुमेर गाँस खानेहरु वाहेक
हामी अझ भक्कानिएर रोइरहेका छौं,
पलपल मरिररहेकै छौ ।
फेरी पनि मरिरहेकै छौं ।।

चेलीहरु नहराएको दिन छैन
दलित उत्पीडितहरु नडराएको क्षण छैन ।
कस्तो यो गणतन्त्र ?
लुट्को संरक्षण हुने, फूटको खेती गर्ने,
कस्का लागि लोकतन्त्र ?
न नीतिको मान, न विधिको शासन
मुसोलिनहरुको राजभन्दा भिन्न छैन ।
अनि त यो मन मरिरहेको छ,
अझअझ भक्कानिएर रोइरहेको छ ।।

प्रतिक्रिया दिनुहोस