• २०८१ साउन ८ गते मङ्गलवार

गुल्मिको कालिगण्डकी गाँउपालिकामा खाद्यान्न बैंकको स्थापना

हरिकुमार केसी पढ्न लाग्ने समय : १ मिनेट
बैशाख २२, गुल्मी । गुल्मिको कालिगण्डकी गाँउपालिकाले गाउँपालिकाभित्र खाद्यान्न अभाव हुन नदिनको लागी खाद्यान्न बैंकको स्थापना गर्ने भएको छ । लकडाउन लम्बिदै जाँदा गाँउपालिकाभित्र खाद्यान्न अभाव हुन सक्ने र पैसा भएर पनी भोकै बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले गाँउपालिकाले खाद्यान्न बैंक स्थापना गर्न लागेको गाँउपालिका अध्यक्ष बेदबहादुर थापाले बताए ।
 गाँउपालिका अध्यक्ष बेदबहादुर थापाले कालिगण्डकी गाँउपालिका सदैव गाँउपालिकाबासीको साथमा रहेकाले कसैले पनी भोकै बस्नुपर्ने र स्वास्थ्य उपचारबाट बन्चित हुने अवस्था आउन नदिने बताए । थापाले खाद्यान्न अभाव, र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखियमा तुरुन्त सम्बन्धित वडाका जनप्रतिनिधि तथा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस