विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ३५ लाख ६६ हजार २०९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ११ लाख ५४ हजार ०२३ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै अहिलेसम्म अमेरिकामा ६८ हजार ५८१ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २८ हजार ८८४ जना स्पेनमा २५ हजार २६४, फ्रान्समा २४ हजार ८९५, जर्मनीमा ६ हजार ८६६ जना र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।