चैत २२, काठमाडौं । काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका हुन । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोराना पोजेटिभ देखिएको हो । ३४ वर्षिया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन ।
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।