• २०८० असोज ५ गते शुक्रवार

सरकारविरुद्ध नियोजित षड्यन्त्र गर्नेको अवसान हुन्छ : मुख्यमन्त्री पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २२, काठमाडौँ। प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारका विरुद्धमा नियोजित षड्यन्त्र गर्ने पत्रिका तथा अनलाईनको अवसान हुने चेतावनी दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले सरकारको गल्ती तथा कमजोरी भए सुधार गर्न सकिने औंल्याउँदै विना गल्ती समेत योजनाबद्ध रुपमा सरकारलाई प्रहार गर्ने श्रृङ्खलावद्ध आक्रमण गरिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ
दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने एउटा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागरगर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनामगर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाजनै भ्रमितहुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंक र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ ।
अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।

प्रतिक्रिया दिनुहोस