• २०८२ बैशाख २९ गते सोमवार

घाेडाघाेडी नगरपालिका द्वारा वडा न ०६ राहत बितरण

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, कैलाली । बिश्वब्यापी रुपमा रहेकाे नाेबेल काेराना भाइरस अथार्त (काेभिड १९) संक्रमणलाई लक्षित गर्दै कैलालीको घाेडाघाेडी नगरपालिका द्वारा वडा न ६ अति बिप्नन घरधुरी लाई राहत बितरण गरिएकाे छ।

वडा भरिमा रहेका गरिब, बिप्नन , एकल महिला, लगायत लक्षित समुदाय लाई हरुलाई खाद्यान्न र सरसफाइ का सामाग्री बितरण गरिएको वडाध्यक्ष बिनाेद बिश्वकर्माले बताए।

प्रती व्यक्ति १५ केजि चामल, २ केजि दाल, १ केजि तेल, नुन र साबुन बितरण गरिएको बताइएको छ। वडा भरिमा सबै टाेलहरु समाबेश गरि बितरण गरिएको वडाध्यक्ष बिश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस