चैत्र २२, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन पत्रकार महासंघका महासचिव रमेश विष्टलाई प्रयोग गरेको आरोप लागेको छ ।
नेकपाकै संगठन प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले अध्यक्ष प्रचण्डको आदेशमा संघका संयोजक महेश्वर दाहालको माध्यमबाट महासंघका महासचिव विष्टले काठमाडौँ प्रेससँगको विवादमा सरकार विरुद्ध विज्ञप्ती निकाल्न लगाएको आरोप लगाउनुभएको छ । सहसंयोजक बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त कुराको पर्दाफास गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ,
उहाँले अहिले यो स्टाटस हटाउनु भएको छ । उहाँले स्टाटस हटाउँदै लेख्नुभएको छ । देशभरका साथीहरुको सुझावअनुसार मैले हिजो पोष्ट गरेको स्ट्याटस हटाएको छु, नेतृत्वमा बसेपछि अपमानको बिष पिउनु पर्छ भन्ने तपाईहरुको कुरा स्वीकार गर्दे अव पार्टी नेताको नाम लिएर कसैले पनि आफ्नो दुनो सोझ्याउने काम नगरौं । दुई अध्यक्षको नाममा हामी कसैले पनि खेती नगरौं । संगठनलाई एकतावद्ध राख्न म सदैव प्रयत्नरत रहने छु । सुझावका लागि सवै मित्रहरुलाई धन्यवाद ।