• २०८० असोज ११ गते बिहिवार

बेंलाेरमा काेराना भाइरस नियन्त्रण तथा संक्रमित उद्वारका लागि ८ सदस्य कार्यसमिति गठन

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, कैलाली । बिश्वब्यापी रुपमा रहेकाे काेराना भाइरस अथार्त (काेभिड नाइटिन) संक्रमण नियन्त्रण तथा काेराना संक्रमित उद्वारका लागि नेपाली जनसम्पर्क समिति बेंलार समिति गठन गरेकाे छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्र अन्तरर्गत बेंलारका क्षेत्रिय उपाध्यक्ष गगन अधिकारी संयाेजक्तवमा ८ कार्यसमिति गठन गरिएको बताइएकाे छ ।

विश्व नै त्रासकाे अवस्थामा रहेका बेला भारतकाे बेंलारमा यस महामारीबाट केही मानिस मृत्युु भएकाले यसबाट वच्न सबै सचेत हुन अाग्रह गरिएको छ ।

साथै बेंलाेरमा बस्ने नेपाली काे सहजताका लागि १ लाखकाे राहत काेषकाे स्थापना गरि उनिहरु सामान्य अावश्यकता खाना, बसाइँ , सामान्य उपचार लगायत सेवा उपलब्ध गराइने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस