• २०८० असोज ४ गते बिहिवार

नुवाकोटबाट खुकुरी प्रहार गर्ने मानिस पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, नुवाकोट । नुवाकोट तादी नगरपालिका वडा नं.०३ पौउडाँडाबाट प्रहरीले खुकरी प्रहार गर्ने बर्ष २० को सन्दिप तामाङलाई प्रकाउ गरेको छ ।

चैत २० गते अन्दाजी २ बजे सन्दिप तामाङले त्यही ठाँउका २२ बर्ष को बिकास तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । खुकुरी प्रहारको सुचनाप्राप्तहुना साथ ईलाका प्रहरी कार्यालय खरानिटार नुवाकोटबाट प्रहरी अधिकृत सहितको खटि गएको टोलीले बिकास तामाङ खुकुरीको प्रहारबाट गम्भिर घाईते भएको अबस्थामा पाईएकोले उनलाई तत्कालै उपचारको लागी काठमाण्डौ तर्फ पठाइएको थियो । घाईते विकासको घाँटि, टाउको र छातिमा चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने सन्दिपलाई ज्यान मार्ने उद्योग मुद्धामा जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्विकृत गरी प्रहरी कार्यालयको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस