• २०८१ साउन ४ गते शुक्रवार

लकडाउन निषेद्याज्ञाको अबज्ञा गर्ने मानिस तथा सवारी-साधनहरु नियन्त्रणमा

अबैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, नुवाकोट । बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस (कोभिड(१९) संक्रमणको बिरुद्द नेपाल सरकारले जारी गरेको लकडाउन निषेद्याज्ञाको अबज्ञा गरी हिडेका २११ जना मानिसहरु सहित १७१ सवारी-साधनहरुलाई नियन्त्रणमा लिईएको नुवाकोट प्रहरीले जनाएको छ ।

हालसम्म नियन्त्रणमा लिईएको सवारी साधनहरुमा मोटरसाइकल १६१, ट्रक ५, कार १, महेन्द्र पिकःअप बोलेरो ३ रहेको छ । साथै प्रहरीले १ एम्बुलेन्स लाई पनि कार्वाही गरेको छ । एम्बुलेन्सलाई यात्रु ओसार-पसार गरिरहेको अबस्थामा नियन्त्रणमा लिईएको थियो ।

लकडाउन उल्लंघन गर्नेहरुलाई आवश्यक कारवाही गरी छाडिएको एवम् मानिसहरुलाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाई पठाइएको हो।

साथै प्रहरी चौकी तारुकाबाट प्र.ना.नि.र प्रहरी चौकी दानसिङबाट प्र.ह.को कमाण्डमा गस्तीमा निस्किएको प्रहरी टोलीले जिल्ला तारकेश्वर गाउँ पालिका वडा नं.०२, माझिगाँउ, बेलकोटगढी न.पा वडा नं.०७, नन्दुटारबाट र तारकेश्वर गा.पा वडा नं.०५, भन्ज्याङथोकबाट अन्दाजी ५५५ लिटर अबैध घरेलु मदिरा र ३०० लिटर घरेलु मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस