• २०८१ साउन ४ गते शुक्रवार

भिरमा अडकिएकी महिलाको सकुशल उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, गुल्मी । गुल्मी जिल्ला मुसिकोट नगरपालिका ७ अर्छुङ टाकुरे भिरमा अड्किएको एक महिलाको प्रहरीले उद्धार गरेकाे छ ।

एक महिला टाकुरे भिरमा अड्किएको भनि प्रहरी चौकी वामीटक्सार गुल्मीमा जानकारी प्राप्त भए पश्चात प्रहरी चौकीबाट प्रहरी टोली र नेपाली सेनाका वामी सुरक्षा पोष्टबाट समेत टोली खटी गई उक्त भिरमा अड्किएकी महिलालाई जीवित उद्धार गरिएकाे थियाे । उक्त महिलालाई उद्धार गरी स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको छ। भारत, झारखण्ड, मधुपूर घर बताउने उक्त महिला २ दिन पहिला देखि सोही भीरमा अडकिएको भन्ने खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस