फागुन २१, काठमाडौं । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन अनुरोध समेत गरेको छ।