• २०८० फाल्गुन १० गते बिहिवार

प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, ललितपुर । डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका २ सानेपामा बा १ ख ६९५२ नम्बरको बस चेकजाँचका क्रममा घुस दिन खोजेपछि बसका चालक विरधन राई र सहचालक नविन राईलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई पाँचसय घुुस दिन खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस