• २०८० चैत्र ३० गते शुक्रवार

सुगर, थाइराईड तथा हर्मोन रोग विशेषज्ञ डा० सुनिल अब नेपालगञ्जमा

पढ्न लाग्ने समय : २ मिनेट

माघ २१, बाँके । सुगर थाइराईट तथा हर्मोन रोग विशेषज्ञ वरिष्ठ डा०सुनिल कुमार चौधरी द्धारा नेपालगंजमा १०२ जना विरामीको स्वास्थ्य परिक्षण गरिएको छ । एभरेष्ट इन्टरनेशनल पोलिकिल्निक एण्ड डाइनोष्टि सेन्टर नेपालगंजमा डाइबिटिज,थाईराइड र इण्डोक्राइन तथा शहिद मेमोरियल हस्पिटल काठमाण्डौ बाट आउनु भएको साथै भारतको प्रसिद्ध अस्पताल सर गंगाराम हस्पिटल दिल्लीबाट इन्डोक्राइनमा फेलोसिप गर्नु भएका वरिष्ट सुगर ,थाइराईट तथा हर्मोन रोग विशेषज्ञ डा. सुनिल कुमार चौधरीले एभरेष्ट इन्टरनेशनल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि नेपालगञ्जमा १०२ जना विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो । अब बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली,जाजरकोट र दैलेख बाट आएका बिरामीहरुमा ६० प्रतिशत सुगर र ब्लड पेसर तथा ४० प्रतिशत बिरामीलाई थाइराईट देखिएको डा०सुनिल कुमार चौधरीले जानकारी दिनु भयो ।

बिरामीहरुको भनाई अनुसार यस क्षेत्रमा इन्डोक्राइनोलोजिष्ट डाक्टर नभएर हामीहरु भारतको लखनउ वा काठमाण्डौ जान बाध्य हटेकोमा निकै खुसी भएको बताएका छन् ।

डा०सुनिलले सेवा नै धर्म हो भनि यस क्षेत्रमा सुगर,थाइराईट तथा हर्मोन सम्वन्धी विरामीहरु धैरै भएकोले मैले कम्तिमा पनि महिनाको एक पटक नेपालगंज भिजिट गर्ने भएको छु डा०सुनिलको भनाई छ ।

अब प्रत्येक महिनाको तेर्सो बुधवार सुगर ,ब्लड पेसर ,थाइराईट तथा हर्मोन रोग विशेषज्ञ डा०सुनिल कुमार चौधरीले नेपालगंज आउनु हुने साथै छिटै नै मुटुरोग तथा बाध रोग विशेषज्ञ डाक्टरहरु नेपागंजमा ल्याउने जानकारी संस्थाका अध्ययक्ष लिलाम्बर झा ले जानकारी दिनु भयो ।

हाल एभरेष्ट इन्टरनेशनल पोलिक्लिनिक डाइग्नोष्टिक सेन्टर प्रा।लि संस्थाले नियमित महिला तथा प्रस्तुति रोग विशेषज्ञबाट सेवा दिनुका साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण सेवा दिदै आएको संस्थाका अध्ययक्ष लिलाम्बर झा ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस