• २०८१ बैशाख १३ गते बिहिवार

नेकपा चन्द्रागिरी-१० कमिटीद्धारा खेलाडीलाई सम्मान

पढ्न लाग्ने समय : २ मिनेट

पौष १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. १० कमिटीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तथा अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खेले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक बिजेता खेलाडी ललिता महर्जन, चिनमा भएको अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा स्वर्ण पदक बिजेता प्रदिप महर्जन तथा बक्सिङ्ग प्रशिक्षक दिपक महर्जनलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा ललिता महर्जनलाई प्रमाण पत्र र नगद ५०००० र प्रदिप महर्जनलाई प्रमाणपत्र र नगर २५००० प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी बिसङ्खेले चनपा १० विशेष ठाउ रहेको र यहा नया नया प्रतिभाको जन्म भएको बताउनु भयो । पैसा कमाएर मात्र हैन देशका लागि केही नया गरि देशको नाम राख्न सधै अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो । उहाले अमेरीका, अष्टेलिया लगायत देशमा मजदुर हुने होडमा दौडनु भन्दा देश मै केही गर्न लागि पर्न सबै खेलाडीलाई बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खे लगायत नेकपा प्रदेश नं ३ सदस्य रुपा महर्जन, नगर प्रवक्ता हरीभक्त महर्जन, च.न.पा १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य शिव कुमार महर्जनले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस