मंसिर १८, काठमाडौं । काठमाडौं महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना गर्न काठमाडौं महानगरपालिकले निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले केही दिन अघि मात्रै रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा सम्झौता गरेको थियो ।
काठमाडौं महानगरपालिकाले छिट्टै चन्दननाथ नगरपालिकासँग पनि भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौता गर्ने भएको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र चन्दननाथका प्रमुख कान्तिका सेजुवाल र दुबै नगरका प्रमुख प्रशासकीय प्रमुख बिच छलफल भएको हो ।
त्यसैगरि पाख्रीबास नगरपालिकाका मेयर बृषबहादुर राईसँग पनि भगिनि सम्बन्धका लागि छलफल भएको छ । उक्त नगरपालिकाका प्रमुखले पनि भगिनी सम्बन्ध सथापनाका लागि प्रस्ताव राख्नुभएको छ । भगिनी सम्बन्ध स्थापना पछि विकास निर्माण र सम्पुर्ण कार्यमा दुबै बिच आपसी सहकार्य हुने गर्दछ ।