मंसिर १८, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न छन् ।
१.उपत्यका सडक विस्तार पिडित संघर्ष समितिले गैरन्यायिक तवरबाट विस्थापित भएका बालाजु बासिहरू लाई पुनर्स्थापना गर्न र सर्वोच्च अदालतको आदेश पालना गराउन दवाव स्वरुप विरोध प्रदर्शन गर्ने ।
स्थान :- कालिमाटी चोक ।
समय :- ८:०० बजे ।
२.नेपाल विद्यार्थी संघ त्रि-चन्द्र क्याम्पसले सत्ताको दम्भ र उन्माद देखाउदै नेकपा सरकारले सुनियोजित ढंगले नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल माथि प्रहरी प्रशासन लगाएर गरेको दुर्व्यवहार र गिरफ्तारीको विरुद्ध,अत्याचारी,भ्रष्टचारी र अपहरणकारी नेकपा सरकारको विरुद्ध बृहत प्रदर्शन गर्ने ।
स्थान :- त्रि-चन्द्र क्याम्पस अगाडी ।
समय :- ९:३० बजे ।
३.सडक विस्तार पिडित संघर्ष समितिले नेपालको संविधन,ऐन कानून र सम्मानित सर्वोच्च अदालतको अादेश विपरित बालाजु बाइपासमा भईरहेको गैर न्यायिक सडक विस्तार विरुद्ध रिले अनसन बस्ने ।
स्थान :- बालाजु बाइपास ।
समय :- १०:०० बजे देखि १६:०० बजे सम्म ।
४.वीर अस्पतालमा कार्यरत कर्मचारीहरूले स्वास्थ्यकर्मीलाई काेभिड सामाग्री पूरा नभएको तथा खाई पाई अाएकाे सुविधाको माग गर्दै पदाधिकारी विरुद्ध मिति २०७७/०८/१४ गते १४:०० बजे वाट अस्पतालको लेखा,प्रशासन,खरिद एकाई लगायतको पदाधिकारीको कार्यकक्षमा गरिएको तालाबन्दी जारी साथै अस्पताल प्राङ्गणमा धर्ना तथा नारा जुलुस गर्ने ।
स्थान :- वीर हस्पिटल ।
समय :- १०:०० बजे देखि १२:०० बजे सम्म ।
५.ठमेल पर्यटन बिकास परिषदले कोभिड-१९ ले गर्दा बन्द रहेको रात्रिकालिन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सन्चालन गर्न पाउनु पर्ने माग राखि शान्तिपुर्ण विरोध प्रदर्शन कार्यक्रम गर्ने ।
स्थान :- बिजुली बजारमा भेला जम्मा भई माइतीघर मण्डला जाने ।
समय :- ११:०० बजे ।
६.विद्यायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:४५ बजे ।
७.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १२:३० बजे ।
८.दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सन्चालन तथा व्यवस्थापन समितिले कोभिड-१९ ले गर्दा बन्द रहेको रात्रिकालिन व्यवसायहरू सुरक्षाको मापदण्ड अपनाई सन्चालन गर्न पाउनु पर्ने माग राखि सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रम गर्ने ।
समय :- सिंहदरबार ।
समय :- नखुलेको ।
९.जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियान,राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले देशमा विध्यमान सबैखाले लूट–खशोट, अराजकता, आतंक, बेथिति र अराजकता एवं बाहिरी आक्रमण तथा अतिक्रमणबाट देशलाई जोगाउन र राष्ट्रिय स्वाधिनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, इतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्धन गर्न “राज–संस्था सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुन:स्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि जन-भावनाको उच्च सम्मान गर्दै देश, काल (समय) र परिस्थितिको उच्च मुल्यांकन एवं माग अनुसार मिति २०७७ मङ्सिर १० गते बुधवार देखि मङ्सिर ३० गते मंगलवार सम्म विभिन्न आन्दोलनको कार्यक्रमहरू गर्ने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
१०.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
११.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।