• २०८१ फाल्गुन ५ गते सोमवार

बाँके प्रहरीले गौबद्ध मुद्दाका फरार प्रतिवादी पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबद्ध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले २०७७ बैशाख ४ गते गरेको फैसलाले गौबद्ध मुद्दामा सजाय फैसला भई फरार रहेका प्रतिवादी चार जनालाई पक्राउ गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने बर्षाती खाँ, सरिफ खाँ, सलमान खाँ र अनिस खाँलाई प्रहरीले पक्राउ गरि जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अनिस खाँको ३ महिना कैद र सलमान खाँ, सरिफ खाँ र वर्षाती खाँको जनहि २ महिना ४ दिन कैद फैसला भएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस