• २०८१ असोज १९ गते शनिवार

रौतहटका प्रहरी प्रमुख एसपी शाहलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, रौतहट। रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाईरस संक्रमण भएको छ । रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि एसपी शाह सेल्फ आईसोलेसनमा बस्नुभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार उहाँलाई सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भइसकेको छ । रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ । कोरोना भाईरसका कारण हालसम्म १३ जनाको ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस