• २०७९ असोज ९ गते आइतवार

बर्दियाका भूमिहीनहरु आन्दोलित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १८, बर्दिया । सरकारले भूमिहीन, सुकुम्बासी, मुक्तकमैयाहरुको समास्या समाधानमा बेवास्था गरेको भन्दै बर्दियाका भूमिहीन, सुकुम्बासी तथा मुक्त कमैयाहरु आन्दोलित बनेका छन । भुमिहीनहरुको समास्यालाई राजनितिक एजेण्डा बनाएर राजनिती मात्रै गरेको उनिहरुको निष्कर्ष छ।

जुन सरकार आएपनि वर्षैदेखी बस्दै आएका भुमिहीन, सुकुम्बासी नागरिकलाई अझै पनि सरकारले जग्गा दिन नसकेको बढैयाताल गाँउपालिका वडा नम्बर ९ का पल्टुराम थारुले बताए । भुमि अधिकार मञ्च बर्दियाले गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्वार्थ पुरा गर्न भुमिहीनहरुलाई भोट लिने आधार मात्रै बनाइएको भन्दै भूमिहिनहरुले अक्रोस पोखेका छन । कोरोना संक्रमणको त्रास भए पनि सरकारले विभिन्न कार्यहरु सुचारु गरेको तर भुमिहीनको मुद्धामा चासो नदिएको गुलरिया नगरपालिका वडा नम्बर ९ का लक्षमण बिकले बताए । सरकाले भुमिहीनहरुको घरगोठ भत्काउने तर भुमिहीनहरुको समस्या समाधान गर्न तर्फ ध्यान नदिएको उनको गुनासो छ ।

पत्रकार सम्मेलनमा बोल्ने अधिकांश भूमिहीन नागरिकले बर्षौदेखि जोतभोग गर्दै आएको जमिनको लालपुर्जा, वा बसोबास गरेको कुनै प्रमाणपत्र नपाएको बताएका छन । जग्गाको आश्वासन देखाएर चुनावमा भोट लिएकाहरुले पनि आफुहरुका समास्या समाधान गर्न नसकेको भन्दै अधिकार प्राप्तीका लागि गोली खान समेत तयार रहेको भन्दै बढैयाताल गाँउपालिका निवासी दुलारा लोनियाले आक्रोश पोखिन ।

भूमि अधिकार मंचले भूमि समास्या समाधान गर्नका लागि तत्काल जिल्ला स्तरीय भूमि समास्या सम्बन्धि आयोगको समिती गठन गरियोस, सुकुम्बासी, भुमिहीनहरुले भोगचलन गर्दै आईरहेको जग्गाको पुर्जा वितरण गर्नुपर्ने लगायतका माग राखेको छ । पालिका स्तरीय अगुवा कार्यकर्ता भेला गर्ने, नेकपाको जिल्लास्थित कार्यलयमा डेलिगेशन जाने, जिल्ला स्तरीय खबरदारी कार्यक्रम, नारा जुलुससहित धर्ना बस्ने समेत मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस