• २०८१ कार्तिक २९ गते बिहिवार

कोरोनाबाट जनता समाजवादी पार्टीका नेताको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु  इस्बो कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन । उनी धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस