• २०८१ फाल्गुन ७ गते बुधवार

ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर ल्याएर देशले संकटबाट निकास पाउँदैन : कमल थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली काँग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नगर्ने प्रतिकृया दिनुभएको छ । उहाँले ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।


अध्यक्ष थापाले ट्विटरमा लेख्नु भएको छ “समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्ररअवधारणामा सुधार नगरेसम्म कस्मेटिकुपरिवर्तनको कुनै अर्थ रहँदैन।। केपी ओलीको ठाउँमा प्रचण्ड,माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन ।”

प्रतिक्रिया दिनुहोस