• २०८१ असार ३ गते आइतवार

माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु, दुई जनाको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् । प्रहरी चौकी बटेश्वरका अनुसार मंगलबार बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको हो ।

घाइते हुनेमा १४ वर्षीया मधुकुमारी ठाकुर र रिनादेवी ठाकुर रहेकी छिन् । गम्भीर घाइतेको प्रादेशिक अस्पाताल जनकपुरमा उपचार भइरहेको छ । दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस