कार्तिक १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्वीटर मार्फत सांसद केसी प्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।
उहाँले ट्वीटरमा लेख्नु भएको छ । संघीय प्रतिनिधि सभाका सदस्य माननीय सूर्यबहादुर केसीको हिजो राती १०:३० बजे पोखरास्थित आफ्नै निवासमा निधन भएको खबरले दुस्ख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दछु ।
नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचनबाट निर्वाचित केसीको ६३ वर्षका उमेरमा गए राति कास्कीमा निधन भएको थियो ।