कात्तिक १८, कैलाली । कैलालीको दईवटा नगरपालिकाको प्रमुखलाई कोरेना सक्रमण्म पुष्टि भएको छ । टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उहाँहरु दुवै जना होम आइसोलेसनमा हुनुहुन्छ । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलसहित टीकापुरमा सोमवार १७ जनामा कोरोना पुष्टि भएको हो ।