कात्तिक १८, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले एक करोड नगद सहित हुण्डि करोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । सिबीआईले काठमाडौंको ओमबहालबाट पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा बागलुङका गणेश पौडेललाई पक्राउ गरेको हो ।
व्योरो प्रमुख सहकुल थापाका अनुसार सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईराखेको छ ।