असाेज १७, काठमाडौं । विश्वभर फैलिएको Covid 19 को महामारीका कारण शुरू भएको Lockdown र Lockdown खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरी कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचरण संहिता बारे महानगरीय प्रहरी कार्यालय मातहत प्रहरी कर्मचारीहरूलाई सचेत र सजक बनाउने उद्धेश्यले मानवअधिकार, प्रहरी आचरण संहिता र महामारीको समयमा प्रहरी कार्बाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको गरिएको हो ।
ट
महानगरीय प्रहरी कार्यलय रानीपोखरी बाट खटिएको वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य ज्युले कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक निरन्जन भट्ट ज्यु लगायत सिनिय प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जा समेत गरी ८५-९० जनाको सहभागीहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्य ज्युले
नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी गर्नुपर्ने बताउनुभयो । फिल्डमा खटिएका प्रहरीका समस्या,गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ढ पालना गर्दै उच्चतम व्यवसायिक क्षमता प्रर्दशन गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने जस्ता समासमाहिक बिसयमा सम्बोधन गरेेेेकाे थियो ।