• २०८२ जेष्ठ ३ गते शुक्रवार

श्रीमानको हत्या गरी शव डोकोमा बोकेर भीरबाट खसाल्ने महिला पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७,रुकुम पश्चिम। रूकुम पश्चिममा श्रीमानको हत्या आरोपमा एक जना महिलालाइ प्रहरीले पक्राउ गरेको छ । बाफिकोट गाउँपालिका-१० की २२ वर्षीया अन्जना पुन बुढाले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै श्रीमानको हत्या गरेकी थिइन् । उनले शव डोकोमा बोकेर टुटुरे भन्ने जंगलमा लगेर फालेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे स्थानीय टुटुरे भीरको जंगलमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । सुरूमा हत्या आरोपी अन्जनाले श्रीमान् भदौ १० गते बेलुका ८ बजेतिर कसैलाई जानकारी नदिएर घरबाट निस्किएर बेपत्ता भएको भन्ने बयान दिएकी थिइन । प्रहरीले आशंका लागेर भदौ १७ गते अन्जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस