भदौ १८, बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो ।कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको जानकारी दिए । मुटु अस्पतालमा अर्का एकजना कोरोना संक्रमित पनि उपचाररत रहेका उनले बताए ।