भदौ १८, चितवन । भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको गएराति चितवन मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनमा झाडापखाला, खोकी र सोडियमको मात्रा कम थियो ।
उनको भदौ १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अवस्था जटिल भएपछि ती महिलालाई आइसियूमा भेन्टिलेटरको सहायतामा राखिएको थियो ।