• २०८२ जेष्ठ २ गते बिहिवार

१३ किलो चरेशसहित तीन जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १९, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–७ बाट प्रहरीले करिब १३ केजी चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुभराज घलान, नारायण सिं मुक्तान र कृष्ण बहादुर गुरुङ छन् ।

चरेश ओसारपसारमा संलग्त तीनैजना मकवानपुर थाहा नगरपालिकाका स्थानीय हुन् । प्रदेश–३–०२५९ नम्बरको अटोको सिटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको छ । आरोपीहरुलाई लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस